१५ चैत्र २०८०, बिहीबार

वनलाई पर्यटकीय क्षेत्रमा लगानी गर्न सुझाव

कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
वनलाई पर्यटकीय क्षेत्रमा लगानी गर्न सुझाव
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका—४ को भैरम सामुदायिक वन उपभोक्ता समूहलाई पर्यापर्यटन क्षेत्रको विकासमा लगानी गर्न सुझाव दिइएको छ । शुक्रवार सम्पन्न वनको २२ औं साधारणसभाका वक्ताहरुले घाँस दाउरा र काठ बेचेर र वन संरक्षण गरेर मात्र नहुने भएकोले आम्दानी गर्न पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ ।


कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री यामलाल कँडेलले यसै सामुदायिक वनभित्र प्रादेशिक शहीद पार्क, पदमार्गजस्ता प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकोले यसको विकास र संरक्षणमा लगानी गर्न  सुझाव दिनुभयो । उहाँले बजेट अभावले ती पर्यटकीय क्षेत्र अहिले अधुरै रहेको हुँदा त्यसको काम पूरा गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले वनले उपभोक्ताको जीवनस्तर उकास्ने योजनाहरु पनि ल्याउन आग्रह गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले भैरम सामुदायिक वन नगरमात्र नभइ प्रदेशकै उत्कृष्ट भएको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकासबाट वन समूहले आम्दानी गर्न सकिने हुँदा त्यतातिर पनि अग्रसर रहन सुझाव दिनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका निमित्त प्रमुख होमकुमारी न्यौपाने, वीरेन्द्रनगर इलाका वन कार्यालयका कृष्णप्रसाद धितालले वन संरक्षण र जटिबुटी उत्पादन क्षेत्रमा भैरम सामुदायिक वनले उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन जोड दिनुभयो ।
कार्यक्रममा समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवीप्रसाद खनालले आर्थिक तथा लेखापरीक्षक तुलाराम तिवारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा एमाले वडा उपाध्यक्ष मनिराम भण्डारी, नेकपा माओवादीका वडा संयोजक दिपु श्रीमाल, टोल संस्थाका अध्यक्ष सरिता बुढाथोकीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा वन हेरालु स्वर्गीय डम्बरबहादुर बसेलको परिवारलाई सम्मानका साथै आर्थिक सहयोग पनि गरिएको थियो । वनले आगामी वर्ष वन संरक्षणका साथै शहीद पार्कमा बाल उद्यान, झरना निर्माण लगायतका कामहरु गर्ने योजना राखेको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap