१२ बैशाख २०८१, बुधबार

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साेमवार राजीनामा दिनुभएकाे छ। नेपाली काँग्रेससँगकाे सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिनु भएकाे हाे । मुख्यमन्त्री शाहीले कर्णालीबासीकाे नाममा विशेष सम्बाेधन गर्दै राष्ट्रिय गठबन्धनलाइ मजवुत बनाउन राजीनामा दिएकाे बताउनुभएकाे छ।

संघीयता कार्यान्वयनमा थुप्रै चुनौतीका विच आफ्नो कार्यकालमा उल्लेखिय काम गरेको मुख्यमन्त्री शाहीले बताउनुभयाे । उहाँले सत्ता गठवन्धन काँग्रेसलाइ सहयाेग गर्ने गरी मार्ग प्रशस्त गरेकाे जानकारी दिनुभयाे । गत बैशाख २ गते मुख्यमन्त्री शाही अल्पमतहुँदा नेपाली काँग्रेसले सत्ता जाेगाएकाे थियाे । नेपाली काँग्रेसले ६ महिनामा कर्णालीकाे नेतृत्व लिनेगरी ११ बुँदे सहमतिमा उल्लेख छ । उक्त सहमतिकाे इमान्दारिताका साथ कार्यान्वयन गर्न र सहमति आज कार्यान्वयन नभए समर्थन फिर्ता लिने काँग्रेसले अल्टिमेटम दिएकाे थियाे । साेही सहमतिलाइ कार्यान्वयनका लागि राजिनामा दिएकाे मुख्यमन्त्री शाहीले बताउनुभयाे । सम्बाेधन अघि मुख्यमन्त्रीसहित मन्त्रीपरिषद् बैठक बसेकाे थियाे ।

३५ सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखसहित एमालेका १३ जना सांसद छन् । यस्तै, नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, समाजवादीका तीन जना र राप्रपाका एक जना सांसद छन् । मुख्यमन्त्रीलाई तत्कालिन नेकपा एमालेका चार सांसदले समेत फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि वयवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पद पनि संवैधानिक व्यवस्थाअनुसार साेमवारदेखि सकिएको छ । तीनै जना मन्त्री हाल नेकपा एकीकृत समाजवादीमा आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap