१२ बैशाख २०८१, बुधबार

कोभिड प्रभावितलाई खाद्यान्न सहयोग

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
कोभिड प्रभावितलाई खाद्यान्न सहयोग
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका भित्र कोभिड—१९ बाट प्रभावित भएकालाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ । दलित महिला संघ सुर्खेतले नगरपालिकाभित्रका कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिकका साथै संघले गठन गरेको समूहका दलित महिलालाई सो सामग्री आइतवार सहयोग गरेको हो ।


वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, संघका अध्यक्ष मन्जु सुनार, वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । नगर उपप्रमुख ढकालले नगरका विभिन्न वडाका विपन्न, गरीब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई दशैंको मुखमा खाद्यान्न वितरण गरिएकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले खाद्यान्नको सदुपयोग गर्न सुझाव दिदैं कोरोनाको जोखिम कायमै भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दशैं मनाउन आग्रह गर्नुभयो । साथै महिलाको सशक्तिकरण गर्न नगरपालिका सधैं तयार रहेको पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । उनीहरूलाइ चामल, दाल, नुन, तेल र मास्क बितरण गरिएकाे छ ।
दलित महिला संघका अध्यक्ष मन्जु सुनारले वडाभित्र अति विपन्न दलित महिलाहरुको छनौट गरेर खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो । दलित महिला संघका सचिव खगिसरा वलीले एक सय जनालाई खाद्यान्न वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यसअघि भेरीगंगा नगरपालिकामा गठन गरिएका १० वटा समूहका एक सय जनालाई नै खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा वडा नं. १ का वडा सदस्य डम्मर नेपाली, वडा नं. ४ का वडासचिव शम्भु चालिसे, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, दलित महिला संघका कार्यक्रम संयोजक सीता नेपालीलगायतले खाद्यान्नलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap