४ बैशाख २०८१, मंगलवार

सडकभरी पानी, जनप्रतिनिधि मौन

कर्णाली प्रदेश मुख्य समाचार समाचार
सडकभरी पानी, जनप्रतिनिधि मौन
0 Shares

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ माको हटलाइन सडकमा दिनहुँ पानी बगिरहने गरेपनि सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरु मौन बसेका छन् । पानी बग्नलाई नाली पनि छ । तर पानी नालीबाट नबगेर सडकभर हुन्छ ।


रातोपुलदेखि केही पर यरी चोक जाने सोसल एकेडेमी स्कुल नजिक कालोपत्रे सडकमा दिनहुँ पानी बगिरहन्छ । पानीको निकासका लागि कसैले पनि चासो दिएका छैनन् । सडकबाट पानी बग्नाले कालोपत्रे पनि खाल्डो परेको छ । दैनिक सयौं सवारीसाधनहरु आवतजावत गर्दा पानी छ्याप्ने गर्दछन् । नालीमा नजिकै पसल संचालकहरुले सामान ढुवानी गर्न ढुंगा भर्दा पानी सडकबाट बग्ने गरेको हो । कारबाहीको अधिकार पाएको वडा कार्यालयले न त पसल संचालकलाई ढुँगा हटाउन निर्देशन दिएको छ न त आफूले कुनै कदम नै चालेको छ ।
दिनहुँ सडकमा पानी हुँदा आवतजावत गर्न समस्या परेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरुले पानीले कालोपत्रे पनि कमजोर भइ खाल्डा पर्न लागेको बताउँदै वडा कार्यालय अहिलेसम्म मौन बसेकोमा आरोप लगाउँछन् ।
दैनिकजसो वडाका कर्मचारी तथा प्रतिनिधिहरु पनि पानीमा टेक्दै सोही सडकबाट आउजाउ गर्छन् । तर उनीहरु पनि एक वचन नबोली चुपचाप हेरेर जान्छन् ।
४ नम्बर वडाअध्यक्ष निलकण्ठ खनालले सडकभरी पानी बग्दा समस्या भएको भन्दै आइतवारसम्म नालाबाट पानी बग्ने बनाउने बताउनुभयो । उहाँले नाला नजिकका पसललाई पनि निर्देशन दिने र आइतवारसम्म नाला खोली समस्याको समाधान निकाल्ने जनाउनुभयो । वडाअध्यक्ष खनालले आइतवार सडकमा पानी बग्न नदिने बताएपनि आइतवार विहानसम्म पानी सडकमा बगिरहेको थियो ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap