१३ बैशाख २०८१, बिहीबार

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री

प्रदेश नं. २ समाचार
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री
0 Shares

राजविराज । सप्तरीको राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री वितरण गर्नुभयो ।

नगरपालिका र युनिसेफको सहयोगमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका प्रतिमहिलालाई कुखुराको अण्डा दुई क्रेट, चामल १० किलो, नुन दुई पोका, चना दुई किलो, खाने तेल दुई लिटर, साबुन दुई थानलगायत सामग्री वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता रञ्जिताकुमारी यादवले जानकारी दिनुभयो ।

बहुक्षेत्रीय पोषण कार्यक्रमले विपन्न र सुनौलो हजार दिनका महिलाका व्यवहारमा परिवर्तन हुन थालेपछि उत्साहित हुँदै गएको नगरपालिका, बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका स्थानीय स्रोत व्यक्ति एवं स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताउनुभयो । राजविराज– २, ५ र १४ का सुत्केरी र गर्भवतीलाई पोषणका सामग्री वितरण गरिने योजनासमेत रहेको जनाइएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap