८ बैशाख २०८१, शनिबार

कांग्रेसद्वार कर्णाली प्रदेशसभा बैठक बहिष्कार

कर्णाली मुख्य समाचार समाचार
कांग्रेसद्वार कर्णाली प्रदेशसभा बैठक बहिष्कार
0 Shares

सुर्खेत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले कर्णाली प्रदेशसभाको बैठक बहिष्कार गर्दै अनुपस्थित भएका छन् ।

बजेट अधिवेशनको आज २३ औं बैठक चलिरहेको छ । तर, कांग्रेसका कुनै पनि सदस्य सभामा उपस्थिति नभएकै कारण बैठक स्थगित गरिएको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७७-०७८को बजेट र रातो किताबमा फरक परेको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । प्रदेश सभाको २३ औं बैैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक तथा कानुन मन्त्रालय र प्रदेश सभा सचिवालयको रातो किताब आएको तर अन्य मन्त्रालयको रातो किताब नआएकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा उपस्थिति जनाएको छैन ।

मन्त्रालयगत रातो किताव संसदमा पेश गर्न पटक–पटक माग गरेपनि सरकारले सबै मन्त्रालयगत किताब नल्याएका कारण प्रतिपक्षीदलले संसदमा सहभागीता नभएको जनाएको छ ।

पूर्वाधार विकासकालागि भनेर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एकमुस्ट राखिएको बजेट भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतनै आउनुपर्ने माग प्रतिपक्षी दलको थियो ।

तर आज बसेको संसदमा फरक परेका मन्त्रालयहरुले मन्त्रालयगत रातो किताव नल्याएका कारण आफुहरु उपस्थित नभएको प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जनाएका छन् । उनले आफुहरुले संसद बहिष्कार नगरेको भन्दै आफ्ना माग अनुसार मन्त्रालयगत योजनाको रातो किताब नआएकाले संसदमा भाग नलिएको बताए ।

मन्त्रलायगत किताबमा पुँजीगत, चालु र वित्तीय व्यवस्थापन स्पष्ट देखिने एकमुष्ट भनेर राखिएको बजेटलाई टुक्र्याएर ल्यानुपर्ने उनले बताए । उनले रातो कितावमा वजेटको स्रोत खुलाएर राख्नु पर्ने बताए ।

यसैगरी प्रमुख प्रतिपक्षी दलको उपस्थिति विना नै चलेको संसद बैठकमा स्थानिय तहका पदाधिकारीहरुको सेवासुविधा सम्बन्धि विधेयक टेवुल भएको छ । संसदमा सत्ता पक्षका सासदहरुले विधेयक माथि बालेपछि भोलिसम्मकालागि संसद स्थगित गरिएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap