१२ बैशाख २०८१, बुधबार

बाघको छालासहित पक्राउ

समाचार सुदुरपश्चिम
बाघको छालासहित पक्राउ
0 Shares

मार्तडी । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap