१२ बैशाख २०८१, बुधबार

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष

प्रदेश नं. ५
बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष
0 Shares

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले वडा नंं ३ स्थित बनकट्टी मावि र वडा नंं २ स्थित आधारभूत विद्यालय सन्तलियामा ती आइसोलेशन कक्ष स्थापना गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

हरेक स्थानीय तहले आफैँ आइसोलेशन बनाउने निर्देशन भएबमोजिम पालिकामा उपलब्ध साधन र स्रोतका आधारमा आइसोलेशन बनाइएको शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । मापदण्डानुसारको आइसोलेशन बनाउन चिकित्सक, विभिन्न चिकित्सा सामग्री तथा आवश्यक प्रविधि जस्ता अत्यावश्यक सुविधा नहुँदा कठिनाइ भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

गाउँपालिकाले आइसोलेशन बनाउने र केन्द्रीय सरकारले प्रत्येक पालिकालाई एक चिकित्सा अधिकृत पठाउने विषयमा तत्काल पहल गर्ने आफूले आश्वासन पाएबमोजिम आइसोलेशन निर्माण गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

सो गाउँपालिकाको तीन आइसोलेशनमध्ये वनकट्टी माविमा २० कोरोना आरडिटी पोजेटिभ, शाहपूर्वाको विद्यालयमा आठ कोरोना सङ्क्रमण (पिसिआर) पोजेटिभ र सन्तलियामा १० कोरोना सङ्क्रमण (पिसिआर) पोजेटिभलाई राखिएको छ । सङक्रमित सबैको सामान्यावस्था छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap